इटहरीमा तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किँदा ४ जना घाइते,दुईको अवस्था गम्भीर

सुनसरी । इटहरी १७ बालग्राममा आज दिउँसो तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् त्यस्तै दुईजना सामान्य घाइते भएका छन् । मोटरसाइकल र कार एकापसमा ठक्कर भएको र कारसँग ठक्कर भएको मोटरसाइकल पुनः अर्को मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो । दुर्घटनामा २८ वर्षीय निलम र सोही मोटरसाइकलमा सवार अन्दाजी २७ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएका छन् ।

र अर्को मोटरसाइकल चालक इटहरी ४ बस्ने ४८ वर्षीय चेतनाथ भट्टराई र सोही मोटरसाइकलमा सवार बराहक्षेत्र ५ बस्ने ४८ वर्षीय कृष्ण ढकाल सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित