इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क

इटहरी/ इटहरी क्षेत्रमा पछिल्लो समयमा डेङ्गी संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउने भएको छ । उपमहानगरले इटहरीबासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेङ्गी जाँच निशुल्क गरिदिने भएको छ । आज कार्यापालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेङ्गी परिक्षण र अस्पतालमा लाग्ने खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन ।

साथै उपमहानगरले डेङ्गी रोग विरुद्ध खोज र नष्ट अभियान चलाउने भएको हो । वडा तह सम्म अभियानलाई लैजान मेयर हेमकर्ण पौडेलले निर्देशन दिनु भएको छ । स्वास्थ्य शाखा तथा इटहरी अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिदै आभियानलाई तिव्रता दिन निर्देशन दिनु भएको हो । इटहरीमा डेङ्गीको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाई छ । मेयर पौडेलले डेङ्गी नियन्त्रण गर्न सबै नगरबासी लागि पर्नुको विकल्प नभएको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित