धरानमा शुभम् स्विट पसलको गम्भीर लापर्वाहि , खाद्य अनुज्ञा पत्र” नलिई मिठाइ उत्पादन र बिक्री वितरण

धरान ।सुनसरीको धरान उपमहानगरपालिका १२ स्थित शुभम् स्विट मिठाई पसलले उत्पादन गरेको मिठाइजन्य पदार्थहरू सम्बन्धित निकायबाट चेक जाचकाे अनुमति नलिई उत्पादन गरेको भेटिएको छ । सोमबार उपमहानगरको टोली सहित गुण नियन्त्रण कार्यालयबाट खटिएको अनुगमन टोलीले यस्तो तथ्य फेला पारेको हो । उक्त पसलले खाद्य प्रविधि तथा गुण नियन्त्रणकाे कार्यालयबाट खान योग्य छ या छैन भनी चेक जाँच नगरी सोझै उपभोक्ता माझ पुर्याएकाे भेटिएको हो ।

यो सँगै उत्पादित सामग्रीहरूले प्याकिङको मान्यता प्राप्त नगरेको , लेबलिङ नगरेका जस्ता गतिविधि भेटिएको बजार अनुगमन अधिकृतको वेद प्रसाद सापकोटाले बताए ।  खाद्य अनुज्ञा पत्र नलिईकन शुभमले प्याकिङ गरेका रसबरी, लालमोहन, भुजिया ,पाउरोटी,बिस्कुट ,ब्रेड र कुकिस लगायतका नाम नै नखुलेका समान मनपरी ढङ्गले   बिक्री गरी नगरवासीको स्वास्थ्य माथि खेलवाड गरेको गुण नियन्त्रणकी प्राविधिक बादल चेम्जोङको भनाई छ । उक्त पसललाई १५ दिनमा अनुज्ञा पत्र लिने र अनुमति नलिईकन समान बिक्री नगर्ने भनेपछि एक पटक सचेत गराएर छाडिएको प्राविधिक चेम्जाेङले बताइन ।

उपमहानगरले १५ दिन भित्र प्रक्रिया पुर्‍याउन निर्देशन दिएको छ । अखाद्य सबै समान थन्काउने र अनुमति लिएर मात्र समान बेच्नु  अनुरोध गरेको छ ।  पसल सञ्चालकले अनुगमन टोली पटक पटक अनुगमन गर्दा सरसफाइ मात्र हेरेको अनुज्ञा पत्र नहेरेको आफूहरू यसबारे बेखबर रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित