मधेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं / मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्।

समिमलाई गृह, सञ्चार तथा कानुन र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले सोमबार प्रदेश प्रमुख मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।यससँगै मधेश सरकारले पूर्णता पाएको छ।

प्रतिक्रिया

सम्बन्धित