इटहरी मेडिकलको चरम लापरवाही : वाल वाल बचे बालक || एपेन्डिक्स भएको बच्चालाई ग्यास्ट्रिकको औषधि दिएपछि...

इटहरी ।  कुनै समय निकै चर्चा कमाएको इटहरीस्थित इटहरी मेडिकलले एक बालकको उपचारमा लापारवाही गरेको  छ ।  इटहरी १ अाँपगाछि स्थित १२ वर्षीय बालक आलोक ठाकुरको उपचारमा मेडिकलले  लापारवाही गरेको  हो ।  २ गते बिहान पेट दुख्ने र लगातार वान्तागर्न थालेपछि चिन्तित बनेका अभिभावकले उपचारका निमित्त इटहरी मेडिकल भर्ना गराएका थिए । 

मेडिकलमा बच्चाका चिकित्सक प्रह्लाद न्यौपानेले सबै चेक जाँच पछि अवस्था सामान्य रहेको भन्दै ग्यास्ट्रिक र दुखाइ कम गर्ने औषधी सेवन गर्नु भनेर लिस्ट थमाइदिएका थिए । लिस्ट अनुसारको औषधी खुवाउँदा पनि बालकको अवस्था सुधार नभएपछि भोलि पल्ट अर्थात् साउन ३ गते पुन मेडिकल पूर्याएकाे तर अवस्था सामान्य भन्दै खाली फर्काइएको बालकको आमा अनुराधा ठाकुरले बताइन । 

साउन २ गते पेट दुखेर मेडिकल पुर्याइएकाे १२ वर्षीय बालक ठाकुरलाई त्यहाँका चिकित्सकले  युरिन टेस्ट , भिडियो एक्स-रे र ब्लड टेस्ट लगायतका सबै टेस्ट गरिसकेर औषधी दिएको थियो । ४ गते भने बालक पेट दुख्यो भन्दै रुन थालेपछि पुन इटहरी मेडिकल पुर्याउदा  त्यहाँ चिकित्सकलाइ नभेटे पश्चात इटहरी स्थित माता मनकामना मेडिकलमा चिकित्सक प्रह्लाद न्यौपानेलाइ देखाउँदा  धरान स्थित बिपी प्रतिष्ठानमा लान सुझाव दिइएको बालकको अभिभावक अनुराधाले बताइन् । 

बिपीमा डेंगुकाे बिरामीले उपचार गराउने स्थान नभएको पत्रपत्रिका तथा रेडियोहरूमा सुनेकोले ५ गते बिहान विराटनगरस्थित न्युरो अस्पताल पुर्याउदा त्यहाँका चिकित्सकले जब एपेन्डिक्स फुटिसक्यो तत्काल अप्रेसन गर्न भने आफू छाँगाबाट खसेजस्तो भएको उनले सुनाइन् ।

 न्युराेमा चिकित्सकहरूले बालकलाई एपेन्डिक्स भएको र जुन औषधी सेवन गराइयो त्यो गलत रहेको दाबी गरेपछि आफू बेहोस झैँ बनेको अनुराधा सुनाउँछिन् ।सबै चेक अप गरिसकेपछि पनि इटहरी मेडिकलले गलत औषधि दिएको अनुराधाले आरोप लगाइन । मेडिकलकै कारण आफ्नो १२ वर्षीय छोराको ज्यान जोखिममा परेको उनको आरोप छ । 

एपेन्डिक्स भएको बच्चालाई ग्यास्ट्रिक दबाइ किन दिएको भनी गुनासो गर्न जाँदा इटहरी मेडिकलका सञ्चालक लगायत बाल चिकित्सक प्रह्लाद न्यौपाने सहित अन्यले आफूहरूको कुनै गल्ती नभएको भन्दै उल्टै गाली गरेको पठाएको अनुराधाको आरोप छ ।

 उनले रोग नै पत्ता नलगाई औषधी दिने मेडिकल तथा उपचारमा संलग्न चिकित्सक उपर कडा कारवाहीकाे माग गरेकी छिन । यस बिषयमा इटहरी मेडिकलका संचालक बलबहादुर न्याैपाले संग सम्पर्क गर्दा बालकको उपचारमा लापारवाही नभएकाे उहाँकाे  भिडियाे  एक्स-रे,  युरिन, ब्लड टेस्टमा एपेन्डिसाइटका लक्षण नदेखिएकाे ल्यावटेष्ट अनुासर अन्य अाैषधी दिएकाे र बच्नाकाे अवस्था नाजुक भएपश्चात  साउन ४ गते अन्यत्र रिफर गरेकाे न्याैपानेले बताए । न्याैपानेले एपेन्डिक्स भिडियाे एक्स्रेमा कहिलेकाही नदेखाउने समेत हुन सक्ने बताए ।  

प्रतिक्रिया

सम्बन्धित