धरानमा अनुगमनको फेरियो शैली , जब उद्याेगमा पुग्यो टोली ...

धरान । धरानमा बजार अनुगमनको शैलीमा केही नयाँ अपनाइएको छ । विगतको समय किराना तथा होलसेल तथा सडकै पिच्छे राखिएका पसलहरूमा अनुगमन हुने गरेकोमा यस पटक भने सोझै अावस्यकिय बस्तुहरू उत्पादन हुने उद्योगमा अनुगमन गर्न थालिएको छ ।

बजारबाट म्याद गुज्रिएका , उत्पादन मिति भन्दा पहिले नै बजार आएका र तोकिएको भन्दा कम तौल भएको सामग्रीहरू भेटिन थालेपछि ती सामान उत्पादन गर्ने उद्योगहरूमा सोझै अनुगमन गर्न थालिएको हो । सोही अनुरूप आइतबार पनि धरान उपमहानगर सहितको टोलीले अनिल श्रेष्ठले सञ्चालन गर्दै आएको “श्रेष्ठ चिप्स “ उद्योगमा अनुगमन गरेको छ । प्याकेटमा जुलाई ३१ लेखिएको चिप्स अघिल्लो दिन नै बजार पुगेको , मूल्य रु १० अङ्कित प्याकेटमा उपभोग मिति उल्लेख नभएको साथै स्वास्थ्यका मापदण्डका प्रक्रिया पुरा नगरेको भेटिएको थियो ।

उक्त चिप्स उद्योग सञ्चालकलाई स्पष्टिकरणकालागि पत्र काटिएको उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । सोमबार धरान क्षेत्रका एक होटेल र ३ वटा खाद्य (किराना) पसलको अनुगमन गर्दा म्याद गुज्रिएका र तौल कम भएका प्याड सहित वाईन, बिस्कुट,चिप्स थुप्पा लगायतका खाद्य सामान फेला परेका हुन् ।

धरान उपमहानगरपालिकाको बजार अनुगमन टोली, खाद्य गुण नियन्त्रण कार्यालय धरान, नेपाल प्रहरी, नगर प्रहरी र पत्रकार सहितको समूहले अनुगमन गर्दा भेटाएका म्याद गुज्रिएका खाद्य समान जफत गरिएको हो। अनुगमन टोलीले लेबल राखेका समान बिल सहित लिएर मात्र बिक्री गर्नु निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित