महिला सँगको अनैतिक भिडियो बाहिरिएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउन माग

झापा / झापाको दमक नगरपालिका स्थित प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलालाई कार्यालय परिसरमा प्रवेश रोक लगाउन कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।नगरपालिकाका १५ जना कार्यपालिका सदस्यहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै मेयर राम थापा समक्ष यस्तो माग गरेका हुन ।

नगरपालिकाले दिएको क्वाटर भित्र प्रमुख प्रशासकीय अधिकृत निरौलाले एक महिला सँग अनैतिक क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बाहिरिएपछि उनलाई कार्यालय परिसरमा प्रवेश रोक लगाउन माग गरिएको हो । कार्यपालिका सदस्यहरूले विज्ञप्ति जारी गर्दै घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत निरौलामाथि कारर्वाहि माग गरेका हुन ।

अधिकृत निरौलाको हर्कत सामाजिक सञ्जाल देखि विभिन्न सञ्चार क्षेत्रमा सार्वजनिक भइसक्दा पनि मेयर राम थापाले अहिले सम्म कार्यपालिका बैठक राख्न नसकेको सदस्यहरूले आरोप लगाएका छन् । अधिकृत निरौलालाई जोगाउन मेयर थापा आफै लागिपरेको पनि सदस्यहरूले आरोप लगाएका छन् ।

यता दमक नगरपालिकाका मेयर राम थापाले भने घटना बाहिरिइसकेपछि प्रमुख प्रशासकीय अधिकृत निराैलालार्इ आवश्यक कार्वाहिकालागि सम्बन्धित मन्त्रालयमा पत्र पठाउने तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित