धरानमा डेङ्गु :८ जनाको मृत्यु, २हजार तीन सय संक्रमित

धरान  / धरान उपमहानगरपालिकामा डेंगु सङ्क्रमितको संख्या २ हजार तीन सय ५३ पुगेको छ ।गत बैशाखदेखि फैलिएको डेङ्गु संक्रमितको संख्या २हजार ३ सय ५३ पुगेको हो । धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु भइसकेको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताए ।

उनका अनुसार ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएका हुन् । परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको उनले जानकारी दिए । डेङ्गु संक्रमण फैलिएपछि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको छ । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको मेहताले जानकारी दिए ।

धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ । संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित