धरानमा “ग्रिन एन्ड क्लिन सहर” बनाउन “एक घर एक रुख” अभियान सुरु

धरान  / धरानमा “ग्रिन एन्ड क्लिन सहर “ बनाउन वडागत रूपमा “एक घर एक रुख” वृक्षारोपण अभियान सुरु भएको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा काँग्रेसको कोसी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक सङ्घसंस्था नेता तथा कार्यकर्ताहरूको सहभागी सो अभियान सुरु भएको हो। डेङ्गु महामारीबाट बच्न घरघरमै लामखुट्टेको लार्भा सर्च एन्ड डिस्ट्रोएको प्रचार अभियानलाई समेस काँग्रेसले तीव्र बनाएको छ ।

काँग्रेस कार्यकर्ताहरू घरघर पुगेर घरबेटीको हातमा बिरुवा दिदैं उनीहरूलाई डेङगुबाट बच्न सानो तिनो भाँडोमा समेत खुल्ला पानी राखे लामखुट्टेले लार्भा पार्ने हुनाले खुला पानी नराख्न जनचेतना बढाउने काम गरिरहेको काँग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । धरानका २० वटै वडामा गरिने उक्त अभियान आइतबारसम्म धरान वडा १ र २ मा सकिएको छ । काँग्रेसले उक्त अभियान साउन ६ गते शनिवार ४१ औँ बिपी स्मृति दिवसको अवसर पारेर सुरु गरेको थियो ।

अभियानमा जुटेका कार्यकर्ताहरूले सडक सरसफाइ, डेङ्गुको लार्भा नष्ट गर्ने सचेतना पर्चा वितरण समेत सँगसँगै वितरण गर्दै आएको छ । काँग्रेसका पूर्व नगर सभापति किशोर राईले भने ‘ डेङ्गुका महामारीमा स्थानीय सरकार तमासे बनेर बसेकाले जनता आफै सजग हुनुपर्ने बेलामा काँग्रेसको यो अभियान सुरु गरेको हो । उनका अनुसार अभियानबाट जनतामा सकारात्मक सन्देश गएको छ । अभियानले काँग्रेसलाई जनताको घरघरमा पुर्‍याएको छ । अभियानको क्रममा वितरण गरिएका बिरुवाहरूमा घर कम्पाउन्ड, करेसाबारीमा रोप्न सकिने तेज पत्ता, अमला, टाँकी, धुपी, चिउरी, हर्रावर्रा, कागती, कफी, सिरिस, सिसौ, लप्सी, बकाइनो, पारिजात लगायत रहेको कार्यक्रम संयोजक मचिन्द्र राईले बताए ।

अभियान भदौ १० गतेसम्म १ महिना सञ्चालन हुनेछ । अभियानकै क्रममा भेट भएका पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले अभियान अत्यन्तै राम्रो भएको बताए । उनले अभियान मार्फत १/२ सय तेजपत्ताको बिरुवा उपलब्ध गराइदिन आग्रह गर्दै आफू अभियानमा जोडिने बताए ।

प्रतिक्रिया

सम्बन्धित