विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

रोल्पा । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।
गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ

हत्या आराेपमा एकजना पक्राउ

धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

शोर्य सिमेन्टका कारण एक वर्षमा सक्ने ठेक्का पाएको पुल चार वर्षमा बनेन

एयर गनसहित एकजना पक्राउ

प्रतिक्रिया