विराटनगरमा अब निःशुल्क एम्बुलेन्स सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्ने भएको छ। केही दिन भित्रमा महानगरपालिकाले सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने बित्तिकै विराटनगरका नागरिकले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। एम्बुलेन्स र शव बहानको व्यवस्था नहुँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, सुत्केरी तथा गर्भवती महिला, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या भएको निष्कर्ष सहित महानगरले शव बहान र एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।

जिपिएस जडित एम्बुलेन्स सञ्चालनमा आउने बित्तिकै रातो र निलो परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी महिला, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइने महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । ‘

प्रतिक्रिया

सम्बन्धित