आज (शुक्रवार ) इटहरीमा शोक बिदा : अत्यावश्यक सेवा बाहेक सबै कार्यालयहरू बन्द रहने

इटहरी/ इटहरी उपमहानगरपालिकामा कार्यरत सिनियर अ.न.मी. दमन्ता सापकोटा पराजुलीको असामयिक निधन पछि शुक्रवार एक दिन उपमहानगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

बिहीबार एक बिहीबार एक सूचना जारी गर्दै एक दिन बिदा दिएको हो । सिनियर अ.न.मी. दमन्ता सापकोटाको गत श्रावण ८ गते निधन भएको थियो ।

सूचना अनुसार (शुक्रवार) अत्यावश्यक सेवा (इटहरी अस्पताल) बाहेक इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूबाट उपलब्ध हुने सेवा बन्द रहने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित