कोशीमा हिक्मत कार्की काम चलाउ सरकारको मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्चको पूर्ण इजलासले खारेज गरेपछि हिक्मतकुमार कार्की पुनः कामचलाउ मुख्यमन्त्रीको हैसियतमा फर्किएका छन् । सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित बहुमत संख्या ४७ पुर्याएर मुख्यमन्त्री नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया नै असंवैधानिक ठहर भएपछि अर्को सरकार गठन नहुन्जेल तत्कालीन मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारको निरन्तरता हुने भएको हो । कार्कीले २०८० असार १५ मा प्रदेश सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका थिए ।

सोही दिन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले ‘अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यहि प्रदेश मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेगरी’ कार्की नेतृत्वकै सरकारलाई जिम्मेवारी तोकेका थिए । 

प्रतिक्रिया

सम्बन्धित