पाँचथर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

पाँचथर / मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका -५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका गए राति निधन भएसँगै मृतकको संख्या ३ पुगेको पाँचथर प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई थप उपचारका लागि झापा लगिएको थियो।

दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको मंगलबारनै मृत्यु भएको थियो भने फिदिम नगरपालिका–१० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मंगलबार राति उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो।

झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १४ जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित