पाँचथर दुर्घटना अपडेट,घाइते एकको मृत्यु

पाँचथर । पाँचथरको मेची राजमार्गस्थित इलाम–फिदिम सडकखण्ड अन्तर्गत मंगलबार जिप दुर्घटनामा घाइते सविना विश्वकर्माको मृत्य भएको छ । पाँचथरको फिदिम नगरपालिका २ सामदिनमा मे १ ज १९४१ नम्बरको बलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएकी फिदिम नगरपालिका १० याङनामकी सविनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापातर्फ लैजाने क्रममा बुधबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक मिलनजंग थापाले बताए ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङगेसाँगुका ४५ वर्षर्यी जितेन्द्रमणि विक्रम वनेमको मंगलबार नै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित