बागमती प्रदेशले भोलि बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउँने

काठमाडौं । बागमती प्रदेशले भोलि बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपञ्चात प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।
बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने भएको छ । काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै ट्याक्सी बाहेक सार्वजनिक यातायात ले १९ रुपैयाँ भाडा लिने गरेको थियो ।
बिहीबारदेखि १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ । नयाँ भाडा दर अनुसार काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो ।

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ

हत्या आराेपमा एकजना पक्राउ

धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

शोर्य सिमेन्टका कारण एक वर्षमा सक्ने ठेक्का पाएको पुल चार वर्षमा बनेन

एयर गनसहित एकजना पक्राउ

प्रतिक्रिया