उपचारका लागि अस्पताल गएकी खोटाङकी महिला सम्पर्कबिहीन

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखाकी तारा खत्री खड्का उपचारका लागि विराटनगर गएकी थिइन् । तर, सम्पर्कबिहीन बनेकी छन् । उपचारका लागि गत जेठ १९ गते नोबेल अस्पताल बिराटनगर गएकी खड्का असार १२ गतेदेखि सम्पर्कविहिन बनेकी हुन् । विराटनगर पुग्दासम्म सम्पर्कमा रहेकी श्रीमतीले जेठ २० गतेदेखि सम्पर्क टुटाएको श्रीमान केशव खड्काले बताए ।

जेठ २५ गते आफन्तको सम्पर्कमा आएकी खड्काले मोबाईल हराएकाले सम्पर्कबिहीन बनेको बताएकी थिइन् ।अचानक असार १२ गते फोन सम्पर्क हुँदा ताराले भारतको एउटा साबुन उद्योगमा काम गर्न थालेको र नेपाल निस्कने काम परेकाले मात्र फोन लागेको बताएर फोन कटाएकी थिइन् ।

ताराले झापा चारआलीका हरिराम राजबंशीको नाममा निकालिएको दुई वटा नम्बरबाट पनि आफन्तलाई फोन गरेकी थिइन् ।उपचारमा जाने सल्लाह भएपछि केशवले तारालाई रोक्सिङभञ्ज्याङ पुराएर गाडी चढाएर पठाएका थिए । तारा सम्पर्कबिहिन बनेपछि दुई छोरी र एक छोराको बिचल्ली भएको छ ।उनको खोजीका लागि परिवारका तर्फबाट जेठ २५ गते प्रहरी चौकी वाप्लुखामा हुलिया दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित