धरानमा ४ लाख बढी रकममा जुवा खेल्ने खेलाउने वडाध्यक्ष सहित ११ जनाको म्याद थप

धरान: इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खालबाट पक्राउ परेका ११ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धानलाई तीव्रता दिएको छ । धरान -१० स्थित विजयपुर हस्पिटल अगाडि रहेको “केक प्यालेस” मा जुवा खेली रहेको अवस्थामा ४ लाख ७ हजार ४० रकम सहित ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धराका डिएसपी नवराज मल्लको भनाई छ ।

पक्राउ पर्ने हरुवा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ ,भरत थापा, बम बहादुर बस्नेत , अशोक राई, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठलाई जिल्ला अदालत सुनसरिबाट ७ दिनको म्याद थपी अन्य अनुसन्धान गरिरहेको डिएसपी मल्लको भनाई छ ।

श्रोतका अनुसार पक्राउ पर्ने बम बहादुर बस्नेत आमचोक गाउँपालिका वडा नं-६ का वडा अध्यक्ष हुन राजेन्द्र श्रेष्ठ वडा नं-९ का पूर्व वडा अध्यक्ष बम बहादुर श्रेष्ठका छोरा हुन भने अशोक राई श्री लक्ष्मी मा.बि. पाङ्चा का शिक्षक हुन् ।

नेपालमा जुवा खेल्ने व्यक्तिलाई यस्तो हुन्छ सजाय जुवा खेल्ने व्यक्तिलाई पहिलो पटक पक्राउ गरिएको छ भने निजलाई कानुन अनुसार न्यूनतम १ हजार रुपैयाँ देखि उच्चतम ५ हजार रुपैयाँ सम्मको फाइन लिन सकिने उल्लेख छ ।

तर, जुवा खेल्ने व्यक्ति दोस्रो पटक समातिएको वा पक्राउ भएमा कानुन अनुसार न्यूनतम ५ हजार रुपैयाँ देखि उच्चतम १० हजार रुपैयाँ सम्मको फाइन तिराइने र जेलमा सजाय पनि हुन सक्छ। यस्ता अपराध गर्दा जुवा खेल्ने व्यक्तिको खातामा न्यूनतम एक वर्षसम्मको लागि खाता बन्दी पनि गर्नु सकिन्छ । त्यस्ता अपराधको अघि अरू अपराधहरू गरेको छ भने सजाय थपिन समेत सक्छ ।

प्रतिक्रिया

सम्बन्धित