“शैक्षिक हब “ नामले चिनिएको धरानमा थपियो बहुभाषिक विद्यालय, मेयर हर्कद्वारा शिलान्यास

धरान / धरान–१६ मा बहुभाषिक विद्यालय निर्माणको कार्य सुभारम्भ भएको छ । पूर्व मेयर स्व. तारा स्मृति पार्कमा विद्यालय भवन निर्माण भनिएको “बहुभाषिक विद्यालय” मङ्गलवार एक कार्यक्रमका बिच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले विद्यालय भवनको शिलान्यास गरेका थिए।

कार्यपालिका सदस्यबिच कुरा विवाद साम्य भएपछि विद्यालय बन्ने पक्कापक्की भएको हो। यो भवन बनाउन लागत २ करोड ६५ लाख ३५ हजार १ सय ८४ रुपैयाँ ४२ पैसामा आउनेछ । दीपादिल कन्ट्रक्सनले २०८० साउनमा सम्झौता गरेको र २०८१ सम्ममा सम्पन्न गर्ने गरी काम अघि बढेको धरान उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए। भवनको गोलाई १२ मिटर छ जसमा दुई तले भवन बनाइने रहेको छ । धरानको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले यस विद्यालयलाई धरानको विकासमा थप टेवा पुग्ने बताएका हुन्।

अतीतमा धरान–१६ वडामा बहुभाषिक विद्यालय निर्माण तथा सञ्चालन गरी विभिन्न भाषा र लिपीको संरक्षण गर्ने गरी पास गरिएको थियो। धरान–१६ का प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले यस पाठशाला निर्माण हुँदा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित