बिर्तामोडमा एक नाबालकको शंकास्पद मृत्यु

झापा / बिर्तामोड नगरपालिका ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । शंकास्पद मृत्यु भएपछि प्रहरीले थप अनुसन्धान गर्न नाबालकको शव पोस्टमार्टमका लागि धरान घोपा पठाइएको छ । बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नाबालक रवि मियाका छोरा हुन् ।

नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ । दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्कविहीन भएको स्थानीयबासीले जानकारी दिए । आमा सम्पर्कविहीन भएपछि बुबासँगै बस्दै आएका नाबालकको आइतबार राति निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाँटीमा धेरै कमिला देखिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित