इटहरीको माया घरलाई ५० हजार राशिको पुरस्कार : मानव सेवामा महत्त्वपूर्ण याेग्दान : उपसभामुख राना

इटहरी । सडक मानव उद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाजमा विशेष याेग्दान पुर्याएकाे भन्दै सुनसरीको इटहरीस्थित माया घर नेपाललाई नगद ५० हजार ५० रूपैया सहित पुरस्कार राशिले सम्मान गरिएको छ । विविध कारणवश सडकमा कष्टकर जीवन बिताउँदै आएका मानवहरूको उद्धारमा उल्लेखनीय भूमिका निर्वाह गरेको माया घर नेपाललाई होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ बाट नगद सहित सम्मान गरिएको हो ।

होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले माया घर नेपालले गरेको कामको उच्च मुल्याङकन सहित सम्मान गरिएको हो । सङ्घीय संसद् प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, ट्रस्टका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राष्ट्रगानका रचयिता व्याकुल माइलाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेका हुन ।

बेलायतमा बस्दै आएका ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा छ छोरा र चार छोरीले संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति–व्यक्तित्व र संघ–संस्थालाई प्रोत्साहन गर्दै सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा रानामगरले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने भएपनि यो निजी स्तरकाे संस्थाले गरेको प्रति सम्मान प्रकट गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले २०७४ सालदेखि सुरु गरेको संस्थामा हाल १ सय ४३ जना ज्येष्ठ नागरिक, हिंसापीडित महिला, सडक मानवको उद्धार तथा संरक्षण गर्दै आएको बत्ताउनुभयो । । उनले संस्थाले सम्मान पायरहदा काम गर्ने ऊर्जा र काधमा जिम्मेवारी थपिएको महसुस भएको बत्ताउनुभयो । सडकमा बेवारिसे तथा घरबार विहीन भएका व्यक्तिहरूलाई मायाघर नेपालले संरक्षण दिँदै आएको छ । संस्थामा डेढ वर्षे बालक देखि ८९ वर्षका ज्येष्ठ नागरिकहरू आश्रय लिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित