एलन मस्कले फेरे ट्विटरको लोगो, निलो चरो हटाएर राखे एक्स

 एलन मस्कले माइक्रोब्लगिङ साइट ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए ।

उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए । आफूले किनेदेखि नै मस्कले ट्विटरको रिब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन्। केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित