श्रीमतीकाे हत्या आराेपमा श्रीमान पक्राउ

सप्तरी / आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरू बीच घरायसी वादविवादको कारण झैं-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित