सुन्दरहरैँचामा इनारमा डुबेर घाइते भएका युवाको मृत्यु

मोरङ / मोरङको सुन्दरहरैँचामा इनारमा डुबेर घाइते भएका युवाको आइतबार दिउँसो मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा दिउँसो २ः३० बजेतिर घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा डुबेर बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको जानकारी दिए ।

सफा गर्ने क्रममा इनारमा खसेर डुबेका कुमाललाई घाइते अवस्थामा उद्धार गरिएको थियो । गम्भीर अवस्थानका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइयो । अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित