फिल्म ‘कार्साङ’मार्फत् नायिकामा छिरिङ शेर्पाको डेब्यु

काठमाडौं / यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङले यसै फिल्ममार्फत् नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।
छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।
छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन् ।
यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।
निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।यो फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायांकन तिहारलगतै सुरु गरिने बताइएको छ ।
फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

गीतकार ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ सार्वजनिक

डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

पोखरामा साकारको सांगीतिक जादु

आनन्द कार्की र मिलन नेवारको एकै पल्टमा साक्षी र सुशान्त

मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा

क्युएफएक्स सिनेमाजको नयाँ मल्टिप्लेक्स इटहरी सेन्ट्रलप्लाजामा

प्रतिक्रिया