इटहरीमा ४ जना सवार मोटरसाईकल पिकअपमा ठोक्किँदा ३ जनाको मृत्यु

सुनसरी  .l  सुनसरीको इटहरी – इनरुवा सडकखण्ड अन्तरगत पकली नजिक मोटरसाइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गइरहेको BR ७३ E ९११७ नं को बाेलेराे र विपरीत दिशाबाट आइरहेको को २९ प ३७१२ नं को मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना भएको हो । दुर्घटनामा इटहरी-१६ का २७ वर्षीय शम्भु चौधरी २६ वर्षका करण चौधरी र २४ वर्षका अनिमेष चौधरिको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । दुर्घटना शुक्रवार राती भएको जनाइएको छ । मोटरसाइकलमा ४ जना सवार रहेको प्रहरीले बत्ताएको छ ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का २६ वर्षमा प्रेम चौधरिको अवस्था गम्भीर रहेको प्रहरी भनाइ छ । उनको विराटनगरस्थित गाेल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि पिकअप र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । यता दुर्घटनामा मृत्यु भएका तिनै जना एकै गाउँका परेपछि इटहरी उपमहानगर १६ जब्दी गाउँ पुरै शोकमा डुबेको छ । घाइते पनि सोही गाउँका परेपछि सिङ्गो गाउँ पिडामा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित