होटल भनेर मन्दिरकै अगाडी चर्च  बनाएपछि अशान्त बन्यो धरान

धरान / सुनसरीको धरान उपमहानगरपालिका अहिले निकै चर्चामा छ । मेयर हर्क साम्पाङको कृयाकलापका कारण सदाबहार चर्चामा रहिरहने धरान यो पटक फरक विषयले चर्चा पाएको छ । धरान उपमहानगर १४ सिंहदेवी चौक आसपास मन्दिरकै अगाडी क्रिश्चियनहरूले  चर्च बनाइदिएपछि उत्पन्न विवाद चरम सिमाना पुगेको छ । होटेल खोल्ने भनेर मन्दिरकै अगाडी  चर्च  स्थापना गरिदिएपछि अहिले सो स्थानमा धार्मिक कलह देखिएको छ । 

सम्बन्धित निकायबाट नक्सा पासै नगरी बनाएको  चर्च  तत्काल हटाउन स्थानीयहरूले पालिकामा दबाब दिइरहेका छन् भने सो स्थानका क्रिश्चियन समुदायले भने मुलुक धर्म निरपेक्षता भइसकेकोले चर्च  सञ्चालन गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् । धरान १४ बाल गोपाल मन्दिरकै अगाडी चर्च  बनाइएपछि विवाद चरम सिमाना पुगेको हो । विवाद साम्य बनाउने तर्फ स्थानीय सरकार झनै मौन रहिदिँदा दुवै तर्फ आक्रामक देखिँदै गएका छन् । सो क्षेत्र परा पूर्व काल देखिनै हिन्दुत्वहरूको स्थान रहेको र मठमन्दिरहरूको एेतिहासिक परिचय बोकेको धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित छ ।

एक सय वर्ष पुरानो मन्दिर मानिएको बाल गोपाल मन्दिरकै अगाडी चर्च  बनाएपछि उक्त चर्च  सञ्चालन गर्न नदिन र तत्काल सो स्थानबाट हटाउन स्थानीय सरकार समक्ष स्थानीयहरूले माग गरिरहेका छन् ।  स्थानीय सरकारको अनुमति बेगर नै चर्च  बनाइनु नियम विपरीत रहेकोले यो यहाँबाट हटाइनु नै उचित हुने धरानका पर्यटनविद वासुदेव बराल बताउँछन् ।सोही स्थानमा कल्याणीको आश्रम तथा हिन्दुहरूको धार्मिक स्थल भएकाले सो क्षेत्रमा चर्च बनाउँदा धार्मिक विवाद हुने बरालले दाबी गरे । 

त्यहाँका स्थानीयहरू पनि पहिले होटेल भनेर अहिले चर्च  खडा गरेपछि आक्रोशित देखिएका छन् ।  चर्च लाइ स्थानान्तरण गर्न माग गर्दै केही दिन अगाडी स्थानीयहरूले धरानका मेयर हर्क साम्पाङले ज्ञापन पत्र बुझाइ सकेका छन् । पत्र बुझ्दै मेयर साम्पाङले यो समस्या आफूले समाधान गर्न नसक्ने , माथिल्लो निकाय जान आग्रह गरेका थिए । यता क्रिश्चियनहरू समाज धरानका अध्यक्ष गोविन्द राईले पनि मुलुक धर्म निरपेक्षतामा गइसकेकोले चर्च  सञ्चालन हुन पाउनुपर्ने अडान राख्दै आएका छन् ।

उनले निर्माणको क्रममा केही त्रुटि अवश्य भएको र नक्सा पास पनि नभएको गल्ती स्विकारेका छन् ।     धरान उप महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्ण भट्टराई चर्चको नक्सा पास नभएको बताए । विवादका विषयमा सबै पक्षसँग छलफल भइरहेको उनले जानकारी  दिए ।

 

@purbelinews

हामिलाइ हाेटल बनाउँदै भनेर चर्च पाे बनाएछन् धरानको १४ नं. वडामा पर्ने विजयपुर क्षेत्र सनातन हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अन्त्यन्तै महत्वपुर्ण क्षेत्र भएको बताउँदै यस्तो पौराणिक पुरातात्विक एवम् धार्मिक महत्व बोकेको क्षेत्रमा चर्च चिर्माण गरिए पश्चा...

♬ original sound - Purbeli News

प्रतिक्रिया

सम्बन्धित