सेउती पुलमा गोली प्रहार गरी लुटपाटमा घाइते चौधरीको मृत्यु

धरान  /  धरान-इटहरी सडकखण्डको सेउतीपुल नजिक गोली प्रहारबाट घाइते विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको निधन भएँको छ । बिपी प्रतिष्ठानमा उनको उपचारको क्रममा ज्यान गएको हो । उनीमाथी बेलुकी तीन जनाको समुहमा रहेका अपरिचित समुहले सेउतीपुल नजिक गोली प्रहार गरी लुटपाट गरेका थिए ।

धनकुटाको मुलघाटबाट विराटनगर अाउँदै गरेका विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीमाथि हतियारधारी समूहले लुटपाट गरेको थियो । गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लागेको लुटेरा फरार भएका छन् ।

तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जना सँग खुकुरी र एक जना सँग पेस्तोल रहेको मृतक चौधरी सँगै रहेकी युवतीले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित