क्यानडा जाने विद्यार्थी लक्षित गोरेटोको अन्तरक्रिया
![](https://snowberry.prixacdn.net/media/gallery_folder/362236607_2261105650944656_1936086204584076224_n.jpg_RwUEGQGN6Q_xhlvpqdpujl8ljzllrojakxknyuptu9exo3rkmi73qxsyzqjreilgzo2kqnr_bFtdKprAHI_28wi8fyo1elyoutgat91wivgoz3mpblv9bmjen2i6gtf2fdvimimio5i96ki.jpg)
काठमाडौं / क्यानडामा उच्च शिक्षा अध्ययनका लागि जाने तयारीमा रहेका र भिसा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्देश्यले गोरेटो कन्सल्टेन्सीले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा भिसा लागिसकेका तीन सयभन्दा बढी विद्यार्थी र उनीहरुका अविभावकहरुलाई सुसूचित गराउने, क्यानडा जानुअघि के कस्ता सामाग्रीहरुको आवश्यकता पर्छ, भिसा आएको कति समयमा टिकट लिने, सपिङ कसरी गर्ने भन्ने लगायतका विषयमा जानकारी दिइएको थियो ।
सो अवसरमा सिनियर काउन्सलर तथा गोरेटोका सिईओसमेत रहेका धिरज कँडेलले क्यानडा जानुपूर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिकालगायतका विषयमा जानकारी दिएका थिए । सिईओ कँडेलले भिसाा आइसकेपछि भ्याक्सिन लगाउनुपर्ने, टिकट कसरी लिने र राहदानीको ख्याल कसरी राख्ने, जानुपूर्व भ्यालिड मेडिकल रिपोर्ट बनाउने, कलर एनओसी, क्यानेडियन डलर कति साट्ने, अन्य सामाग्रीहरु के के लैजाने, भन्ने लगायतका विषयमा जानकारी दिएका थिए ।
सो अवसरमा अर्का सिनियर काउन्सलर तथा एसओपी समीक्षकसमेत रहेका शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने सम्भावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने र परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै सो अवसरमा गोरेटोका सञ्चालक मध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए । उनले ट्रान्जिटमा आत्मविश्वास बढाउनुपर्ने, सोधिएका प्रश्नको उत्तर नडराई दिनुपर्ने बताए ।
कार्यक्रममा गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाईको अनुभव सुनाउँदै विदेशमा सबै कुराहरु आफ्नोवसमा नहुने हुँदा परिस्थितिअनुसार चल्नुपर्ने भएका कारण कुनै मोडमा पनि आत्तिन नहुने र आफू जति खुल्न सक्यो त्यति नै सिक्ने र कमाउने अवसरहरु आउने कुरामा जोड दिए । उनले क्यानडामा काम खोज्ने टिप्सहरु, आत्मविश्वास बढाउने तरिका, नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाहरुको विषयमा पनि जानकारी दिए ।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_0N6s2TV2jX_2ob30zg8agyd4h6e1pgfdmb9ohpaboucrnggbwrxomvdqohokpof0fobgqmx.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_NXh0VuYyp3_hiv2ipy7ifqlpb9yttkh7pybmdxjxa9bdd0zv5uxpeczcaa642pkybexq0in.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_74tSt2llv9_1bod62ovbit9eeho47vf5pztmh2wfvj8xcdro8nmwbixnrm3h2w0degiw10d.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_EtZ6BgJpUp_k4uibsblxlztkujzdkuxmur0t534x0raam13pztjlsvh9dscozlwzizotdce.jpg)
प्रतिक्रिया