क्यानडा जाने विद्यार्थी लक्षित गोरेटोको अन्तरक्रिया

काठमाडौं / क्यानडामा  उच्च शिक्षा अध्ययनका लागि जाने तयारीमा रहेका र भिसा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने  उद्देश्यले गोरेटो कन्सल्टेन्सीले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । 

काठमाडौंमा आयोजित कार्यक्रममा भिसा लागिसकेका तीन सयभन्दा बढी विद्यार्थी र उनीहरुका अविभावकहरुलाई सुसूचित गराउने, क्यानडा जानुअघि के कस्ता सामाग्रीहरुको आवश्यकता पर्छ, भिसा आएको कति समयमा टिकट लिने, सपिङ कसरी गर्ने  भन्ने लगायतका विषयमा जानकारी दिइएको थियो । 

सो अवसरमा सिनियर काउन्सलर तथा गोरेटोका सिईओसमेत रहेका धिरज कँडेलले क्यानडा जानुपूर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिकालगायतका विषयमा जानकारी दिएका थिए । सिईओ कँडेलले भिसाा आइसकेपछि भ्याक्सिन लगाउनुपर्ने, टिकट कसरी लिने र राहदानीको ख्याल कसरी राख्ने, जानुपूर्व भ्यालिड मेडिकल रिपोर्ट बनाउने, कलर एनओसी, क्यानेडियन डलर कति साट्ने, अन्य सामाग्रीहरु के के लैजाने, भन्ने लगायतका विषयमा जानकारी दिएका थिए । 

सो अवसरमा अर्का सिनियर काउन्सलर तथा एसओपी समीक्षकसमेत रहेका शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने सम्भावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने र परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायका बारेमा जानकारी दिएका थिए । 

त्यस्तै सो अवसरमा गोरेटोका सञ्चालक मध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए । उनले ट्रान्जिटमा आत्मविश्वास बढाउनुपर्ने, सोधिएका प्रश्नको उत्तर नडराई दिनुपर्ने बताए । 

कार्यक्रममा गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाईको अनुभव सुनाउँदै विदेशमा सबै कुराहरु आफ्नोवसमा नहुने हुँदा परिस्थितिअनुसार चल्नुपर्ने भएका कारण कुनै मोडमा पनि आत्तिन नहुने र आफू जति खुल्न सक्यो त्यति नै सिक्ने र कमाउने अवसरहरु आउने कुरामा जोड दिए । उनले क्यानडामा काम खोज्ने टिप्सहरु, आत्मविश्वास बढाउने तरिका, नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाहरुको विषयमा पनि जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित