धरानमा ७ दिन अघि भेटिएको शवको पहिचान खुल्याे : हङकङ आईडि होल्डर समेत रहेकी मुन्ना लिम्बुकाे हत्या भएको आशंका

धरान: धरानमा ७ दिन अघि भेटिएको महिलाको शवको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले “ एक महिलाको शवको पहिचान नखुलेको “ भन्दै सूचना जारी गरेपछि सो शव धरान -८ निवासी सहिद मार्ग बस्दै आएकी ४३ बर्सिया मुन्ना लिम्बु ( मुन्ना ) आङबोहाङ रहेको खुलेको छ ।

मृतक मुन्ना रोजगारको सिलसिलामा हङकङ बस्दै आएकी एक हङकङ आईडि होल्डर महिला हुन । मुन्नाले विवाह पछि श्रीमानलाई पनि हङकङ लगेको र परिवार नै हङकङ बस्दै आएका थिए। पछिल्लो समय मुन्नाको श्रीमान सँग सम्बन्ध विच्छेद भएको हुनाले मुन्ना धरान बस्दै आएकी थिइन। मुन्नाको एक २३ वर्षकी छोरी पनि रहेको छोरी पनि हङकङमा नै रहेको मृतकका आफन्त मिना लिम्बुको भनाई छ । आफन्तका अनुसार सो समय मृतकले मादक पदार्थ सेवन गरेको तथा परिवारमा बेमेल अवस्था देखिएको बुझिएको छ ।

आमाको शव फेला परेको खबर सुनि मृतककी छोरी सिक्कुम लिम्बु तुम्बाहाङ्फे आजै हङकङ बाट आएर दिउँसो इलाका प्रहरी कार्यालयमा निवेदन दिएकी छिन। आफन्तले पानीले बगाएको मानिसको हातमा मृतकले बोकेको झोला र साथमा छाता नहुने बताउँदै आएका छन्।

आफन्तले षडयन्त्रपूर्वक हत्या गरी खोलामा बगाइदिएको भन्दै आंशका लागेका व्यक्तिहरूमाथि प्रहरीले सत्य तथ्य पत्ता लगाई निष्पक्ष अनुसन्धान गरिनुपर्ने माग राख्दै प्रहरी कार्यालयमा जाहेरी दिएका हुन। गत २८ गते धरान -८ हिमाली जङ्गल नजिक खोला किनारमा दिउँसो ४ बजेतिर मृत अवस्थामा महिलाको शव भेटिएको प्रहरीको भनाई छ । उक्त शव खोललाले बगाएर ल्याएको हुनसक्ने आशङ्का गरिएको थियो ।हाल शव पोस्टमार्टमको प्रक्रियामा रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित