युवति कुटपिट, सामाजिक सञ्जालमा भिडियो हाल्ने तिन जना पक्राउ

धरान: प्रहरीले तिनजना युवतिहरूमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन युवतिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले तिन अभियुक्तलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सुनसरी वराहक्षेत्र-१० भुजेल टोलमा बस्ने वर्ष १९ वर्षकी प्रीति लिम्बु, सुनसरीको वराहक्षेत्र -८ सैनिक टोलमा बस्ने १८ वर्षकी दुर्गा राई र सोही टोलमा बस्ने २२ वर्षकी विनीता उराँउ रहेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएका प्रहरी निरीक्षक राजेश दत्तको कमान्डको विशेष प्रहरी टोलीले सुनसरीको इटहरी बजारबाट मंगलबार पक्राउ गरेको हाे। उक्त जाहेरी दरखास्तको आधारमा पाँच जना अभियुक्तहरूमध्येका दुई जनाको खोजी कार्य समेत भइरहेको प्रहरिले जनाएकाे  छ । प्रहरीले अभियुक्तलाई अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले १७ वर्षिया सन्ध्या परियार १६ वर्षिया नवीना विक १९ वर्षीय मनीषा राईलाई अस्मितामा आँच ॲाउन कार्य गरेको भन्दै कुटपिट गरी भिडियो सार्वजनिक गरेका थिए। प्रहरीका अनुसार असार २९ गते बेलुका सुनसरी वराहक्षेत्र नगरपालिका वडा-९ स्थित चिहान डाँडाको कोसी किनारमा राजाबास टोलमा बस्ने १९ वर्षीय मनीषा राईसहित तीन जनाले विपक्षीहरूको बेइज्जती गरेको भन्ने आरोप लगाई पीडितहरूलाई झुकाएर चिहान डाँडाको कोसी किनारमा बोलाई पाँच जनाले तीन जनालाई पालैपालो कुटपिट गरेका थिए।

उक्त कुटपिट गरेको भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राखेपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सामाजिक सञ्जालमा राखिएकोमा पीडितहरूले असार ३१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित