साउन १ गते देखि विराटनगर भन्सारमा कडाइ , सय रूपैयाकाे सामान ल्याउँदा पनि अनिवार्य भन्सार तिर्नुपर्ने

माेरङ / सीमावर्ती क्षेत्रका भारतिय बजारमा ग्राहकको भिड लागेपछि सम्बन्धित निकायले यसलाई चासो राखेर नियन्त्रण गर्न अभियान थालेको छ । सीमावर्ती बजारकै कारण नेपाली बजारहरू चलायमान हुन नसकेको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले साउन एक गते देखि लागु हुने गरी  जाेगवनी नाकामा कडाइ थाल्ने भएको छ । 

महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयले सामूहिक ऐक्यबद्धता नै जनाएर कडाइ गर्ने भएका हुन । नाकाबाट भ्याट छली गरी कराैडाै मूल्यका सामानहरू भित्रिन थाल्दा नेपाली बजार सुनसान बन्दै गएको र धेरै व्यवसायहरू पलायन नै हुनुपर्ने अवस्था आएकोले जाेगवनीमा कडाइ थालिएको जिल्ला प्रशासनको कार्यालय मोरङले जनाएको छ ।

भारतीय बजारमा उपभोग्य बस्तुहरू सस्तो तर गुणस्तरहीन सामग्री बिक्री हुने गरेकाे तथ्यलाई मध्यनजर गर्दै विराटनगर महानगरको पहलमा साउन एक गतेबाट सय रूपैयाकाे सामान किन्दा पनि अनिवार्य भन्सार शुल्क लगाइइएकाे बुझिएको छ । 

नाकाका बजारमा सस्तो सामान बिक्री गरिदिँदा नेपाली बजार फस्टाउन नसकेको र धेरै जसो व्यवसायहरू बन्द भइसकेको कारण जाेगवनी नाकामा कडाइ गर्नुपर्ने अवस्था देखिएको बिराटनगर महानगरपालिकाले जनाएको छ । यसअघि राजश्व चुहावट नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासन र भन्सारले सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाउने नियम बनाएका थिए । तर सरोकारवाला निकायको बेवास्ताले सामान्य उपभोक्ताको नाममा एक पटकमा १० हजार भन्दा बढीका सामान र तस्करले ट्रकमै व्यापारिक सामान भित्र्याएर राजश्व ठगी गर्दै आएको थिए ।

प्रतिक्रिया

सम्बन्धित