पहिचानको आन्दोलनले अब देशको समृद्धि र राष्ट्रको सङ्केत गर्छ: डा. महेन्द्र लावती

धरानः  जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार  प्रा.डा.. महेन्द्र लावतीले  पहिचानको विषयलाई लिएर मानिसले विभिन्न भ्रम छरेको  भए पनि  पहिचानकै  आन्दोलनले देशको समृद्धिको सङ्केत गरिरहेको बताएका छन्।

जसपा धरान उपमहानगर समितिले आयोजना गरेको “संघीयता पहिचान र समृद्धि “ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख वक्ता डा. लावतीले पछिल्लो समय पहिचानकोबारे देशमै र हाल प्रदेश नामकरण पनि भ्रम सृजना गरेकाले र वर्तमान समयमा देखा परेको भ्रम चिर्नुकै लागिका भए पनि अब राष्ट्रको निर्माणमा ईट्टा थप्नका लागि पहिचानको लडाइँ लड्नुपर्ने देखिएको  बताए । 

नेपालमा ब्राह्मण जातिको एकात्मक शासन नीति, एकात्मक पद्धतिले अपनाएको एकल जातीय, एकल भाषीय राष्ट्रभाषा, सरकारी कामकाजको भाषाले नागरिकलाई असक्षम बनाएको उनको आरोप छ ।   कार्यक्रममा जसपाका केन्द्रीय सल्लाहकार अशिम पालुङ्वा र नेकपा (ए समाजवादी ) वक्ता- कृष्ण चोङ्बाङ लगायत अन्य नेताहरूपनि सहभागी रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित