दैनिक लुटपाट मच्चिन थालेपछि बुधबारे बेलवारी सडक छेउको झाडी गरियाे सरसफाई

माेरङ । लेटाङ -बेलवारी खण्ड अन्तर्गत बुधवारे देखि बेलचौरी सम्म सडक सरसफाई गरिएको छ । लेटाङ २ बुधवारेमा रहेको जनचाहाना सामुदायिक बन उपभोक्ता समुहको अगुवाईमा सडक वरीपरी रहेका झाडी तथा बुट्यान सरसफाई गरिएको हो ।

लेटाङ कानेपोखरी , जाँते पथरी सडकमा चोरी डकैती तथा लुटपाटका घट्ना दैनिक रुपमा हुन थालेपछी जनचाहाना सामुदायिक बनको अगुवाईमा झाडी सरसफाई गरिएको हो ।

यस्तै बेलचौरी देखि बेलवारी नक्सल उत्तर समेत नक्सले सामुदायिक बनको अगुवाईमा झाडी सरसफाई गरिएको छ । डाकाहरुको विगविगि भएपछि झाडी सरसफाई गरिएको वडाअध्यक्ष कोषराज श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित