खोला -पैनीको जग्गा हडप्नेलाई ३५ दिन भित्र जग्गा छोड्न इटहरी सरकारको उर्दी

इटहरी / इटहरी उपमहानगरपालिकाले खोला- पैनी मिचेर बनाएको भौतिकसंरचना भत्काउन उर्दी जारी गरेको छ ।  अतिक्रमित क्षेत्र खाली  नगरे डोजरचलाउने उर्दी  जारी गरेको हो ।

सुरुमा इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर ।हेमकर्ण पौडेलले ३५  दिने सुचना  सार्वजनिकगरेका  छन् । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलकोभनाई छ ।

टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधारमान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सुचना जारी गरेका हुन् । 

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिकाआँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्नेजनाएको छ । 

सार्वजनिक जमिन संरक्षण पनि आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै मेयर पौडेलले सार्वजनिक जग्गा संरक्षणमा आफुले कुनै कसरबाँकि नराख्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित