गायिका रचना रिमालको स्वरमा 'आउ तिमी अँगालोमा’ सार्वजानिक

काठमाडौं / गायिका रचना रिमाल तथा गायक सुरेश लामाको युगल गायनमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको रहेको छ। गीतमा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको छ।

गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ। भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ। भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित