'बगान' हेर्न परिवार देखिए हलमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/344792112_657919715866931_2296049528576508494_n.jpg_BwzZC1l39N_uoev6qx3kpsoop0nbgn8hotei23yxwl2fj49lvyjeu42xcut1vx0baoenyo6_yN6BVf9xD2_mwn5qby9zfsjwmh1e38p3mrpkuhfvd8njiagedqtpc5dqytskemp4cs84ffy.jpg)
काठमाडौं / गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले सुखद सुरुआत गरेको छ । प्रदर्शनको दोस्रो दिन शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिए । विशेषत एकल आमा र महिला आफ्ना सन्तानका साथमा हलमा देखिए । उनीहरूले फिल्मसँग जोडिएका निर्माता तथा गीतकार सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्कीलाई धन्यवाद दिए । फिल्म हेर्न परिवारनै हलमा देखिएका छन् ।
शनिबार पनि काठमाडौँका विभिन्न हलहरूमा पुगेका निर्देशक तथा अभिनेता सरोज खनालले आफूले जुन उद्देश्यले हामीले चलचित्र बनाएको हो, त्यो पूरा हुने बाटोमा अगाडी बढेको बताए । उनले भने,’यो शुक्रबारदेखि नै ब्लकबस्टर हुने चलचित्र होइन, एकजनाले हेरेर दुईजनालाई हेर्नुस् भन्ने चलचित्र हो ।’ व्यापारको सन्दर्भमा खनालले आफु निर्देशक भएकोले व्यापारको दृष्टिकोण नराखेको बताए । ‘हामी हलमा पुग्दा अँगालो हालेर रुनुभएको छ, त्यो नै मेरो सफलता हो । व्यापारिक रुपमा पनि यसले राम्रो नतिजा दिईरहेको छ, स्थिती हेर्दा निर्माता सुरक्षित हुनुहुन्छ’, उनले थपे ।
अभिनेत्री करिश्मा मानन्धरले आफुलाई नयाँ प्रकृतिको भूमिकामा दर्शकले स्विकारेको बताईन् । ‘दर्शकको आँखामा जुन श्रद्धा भाव देखेँ मेरो लागि नितान्त नयाँ अनुभव हो । पहिले मलाई ग्लामरस नायिकाको रुपमा हेर्नुहुन्थ्यो भने अहिले दृष्टिकोण फेरिएको छ’, करिश्माले भनिन् । उनले ‘बगान’मा रोना धोना मात्र नभई खुशी कसरी हुने, समस्याको समाधान के हो भन्ने कुराहरु पनि रहेको बताइन् ।
बगान’बाट ठुलोपर्दामा प्रवेश गरेकी प्रमिला कार्कीले रिलिज पछिका हरेक पल आफ्नो लागि नयाँ रहेको बताईन् । आफ्नो भूमिकाले समाजमा सकारात्मक सन्देश फैलाउन सफल रहेको जनाउँदै अभिनेत्री कार्कीले भनिन्,’म एकदमै उत्साहित भएको छु । चलचित्रमा मैले निभाएको पात्रले आफ्नो आमाको लागि जुन काम गरेको छ, केहिले त आफ्ना साना साना छोराछोरीलाई ‘बगान’ देखाएर यो दिदि जस्तै बन्नुपर्छ है समेत भन्नुभएको पाएँ । त्यो सुन्दा म भावुक भएँ ।’
‘बगान’का निर्माता सुरेश वाग्लेले दर्शकलाई मनपर्ने बिषयमा लगानी गरेर सर्जक दायित्व पुरा गरेको महसुश भएको बताए । उनले भने,’यसले मनोरञ्जनसँगै संदेशसमेत दिएको छ । गीतकारबाट निर्माता बन्दा मैले बनाएको चलचित्रले समाज रुपान्तरणमा भूमिका खेल्नेमा विश्वत छु ।’
अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ । शनिवार नै केही शो सङ्ख्या थप भएकोमा शनिवारको व्यापारपछि आइतवारको लागि अझै थप शो थपिएको काठमाडौँ उपत्यका वितरक करण श्रेष्ठले बताए ।
वितरक श्रेष्ठले पछिल्लो समयमा चलिरहेका चलचित्र व्यापार राम्रो रहेको बताए । ‘शनिवार काठमाडौँ उपत्यकाका प्रायः शोहरु भरिएका छन् । काठमाडौँ बाहिरबाट पनि राम्रो खबर आएको छ । हिजोभन्दा आज शो थपिएको छ भने आइतवार पनि हल सङ्ख्या थप भएका छन् । यसको मतलब यो चलचित्र सफल हुने बाटोमा छ’, वितरक श्रेष्ठले भने ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_MxrDsNfLuo_qr2klvv2o8tjwqvslqsvghwtl4j2dwkmiq4naijghccdcjtcmjlt2uhpar86.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_HasZGKYHJA_h7jpd9zk2nrj3efbz6ecdhbcyibmlgmp15ia3aqzwzddjggs8brzq3j326za.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_yq8OsGh3PC_qz1koutnjvczrafqok5lcj8lc1ad79i0azvecihuuxm9ws8zaruapzigamzv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_zVq6hKqcZh_f6pq8m5jevqbwetedlzp8yvgg4n3q7o3mi05m9jvg7wnzefvuzecqwu3vvmu.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_a54LBTITK1_k9f4lhxsvknvmzqmkjeoh6taapy20etkbz8ke9uyjyjziw9816mckspqno1n.jpg)
प्रतिक्रिया