तेह्रथुमको आठराईमा पहिरोले घर पुर्याे , एक मृत्यु ४ जना गम्भीर

तेह्रथुम । तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आठराई गाउँपालिका–२ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

पहिरोले पुरेको स्थानबाट उद्धार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरी अनुसार ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।

घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण शुक्रवार दिउँसो १२ बजे देव थलङको घर पहिरोले पुरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित