मोरङ र सुनसरीमा ‘अति भारी’ वर्षा, सतर्क रहन आग्रह

सुनसरी । मोरङ र सुनसरीमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टायता मोरङको लेटाङ, हरैचा र सुनसरीको इटहरी आसपास ‘अति भारी’ वर्षा भएको छ।

थप वर्षाको अनुमान गर्दै महाशााखाले बूढीखोला, खेसलिया, सुनसरी खोला र लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको पनि महाशाखाले बताएको छ।त्यसैले आज बिहान ११ बजे सम्म ‘अति उच्च’ सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित