औषधी विभागको नक्कली कर्मचारी बनेर ५ लाख माग्ने पत्रकार पक्राउ

इटहरी । सुनसरीको तरहरास्थित एक मेडिकलमा औषधी व्यवस्था कार्यालय विराटनगरको कर्मचारी बनेर रु ५ लाख बार्गेनिङ गरेको अभियोगमा एक पत्रकार पक्राउ परेका छन् ।

सदरमुकाम इनरुवाबाट प्रकाशित भूकम्प साप्ताहिकका सञ्चालक समेत रहेका लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । तरहराको एक मेडिकल पसलका व्यवसायीसँग  औषधी व्यवस्था कार्यालय विराटनगरको कर्मचारी रहेको र मेडिकल अनुगमन गर्न आएको भनी रु ५ लाख मागेपछि उनी पक्राउ परेका हुन ।

लुकमान नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य पनि रहेका छन् । पक्राउ परेका अन्सारीलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका लुकमान विगत देखि नै विवादित छवि भएका पत्रकार मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित