धरानमा शिक्षकले छाताको डन्डीले मरणासन्न हुने गरी कुटे विद्यार्थी

धरान / धरानकाे ज्वालामुखी माविमा पञ्जालडाइ खेलेकाे भन्दै बिद्यार्थीमाथी कुटपिट  धरान । सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित ज्वालामुखी माविमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते बनेका छन् । विज्ञान विषय पढाउने शिक्षक महेशकुमार यादवको कुटपिटबाट कक्षा ८ मा अध्ययनरत छात्र रिसन जाेगी घाइते भएका हुन । 

 

शिक्षक यादवले छाताको डन्डीले टाउकोमा कुटपिट गरेको विद्यार्थीको अभिभावक सुष्मा जोगीले बताइन् । कुटपिटबाट बालकको टाउकाे सुन्निन थालेपछि तत्काल उपचारकालागि अस्पताल लगिएको अभिभावक सुष्मा जोगीले बताइन् । आफूले पन्जा लडाइ खेलेको भन्दै शिक्षकले कक्षा कोठामै आएर कुटेको पीडित विद्यार्थी जोगीले बताए ।  

 छोरालाई कुटपिट गरेको विषयमा   गुनासो गर्दा शिक्षक यादवले उल्टै आफूमाथि अभद्र व्यवहार गरेको अभिभावक सुष्मा जोगी बताउँछिन् ।   उनले विद्यार्थी कुट्ने शिक्षकमाथि कारर्वाहिकाे माग गरेकी छिन । यता शिक्षक यादवले पनि विद्यार्थी माथि भएको कुटपिट स्विकारेका छन् । कक्षा कोठामा पञ्जालडाइ खेलेको देखेपछि सामान्य रूपमा सम्झाएको स्विकारेका छन् । यता विद्यालयका प्रधानाध्यापक गोपाल थापाले भने विद्यार्थी कुट्ने शिक्षकलाई चेतावनी दिइसकेको बताए । चाडै नै स्टाफ मिटिङ बसेर छलफल गर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित