गायक दीपक बज्राचार्यको 'काँचो माया' सार्वजनिक

दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा 'प्रोजेक्ट नजिक' सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले'प्रोजेक्ट नजिक'को दोस्रो गीत  'काँचो माया' सार्वजनिक गरेका छ्न ।

रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको 'काँचो माया' मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ ।गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउटडुर छायांकन अन्तर्गत एउटा सुन्दर गाउमा खिचिएको छ  । चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्य ले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित