इटहरीका होस्टलहरुमा इटहरी उपमहानगरको अनुगमन,    सेकेण्डरी माध्यामिक विद्यालयमा उपमहानगरले लागायाे ताला

इटहरीमा पाँच बर्ष मुनिका बालबालिकालाई होस्टलमा राख्न नपाईने

इटहरी । इटहरीको एक निजी विद्यालयमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएको घटनापछि इटहरी उपमहानगरपालिकाले विद्यालयको छात्रावास अनुगमन गरेको छ ।  इटहरीको सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका नीजि तथा सामूदायिक विद्यालयको छात्रावास अनुगमन गरेको हो । 


इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको नेतृत्व मंगलबार पहिलो चरणमा होस्टलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिसजोन आवासीय माध्यमिक विद्यालय, मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिनपिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र छात्रावास अनुगमन गरिएको थियो । जसमा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइयो भने होस्टेल पनि आवश्यक मापदण्ड पूरा नगरिकन सञ्चालन गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । उहाँले मापदण्ड पुरा नगरिकन सञ्चालन गरिएको सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेल रुममा उपमहानगरपालिकाले तालाबन्दी गरेको छ ।


 नगरप्रमख पौडेलका अनुसार सेकेन्डरी माध्यमिक विद्यालयले अब मापदण्ड पुरा गरेपछि होस्टेल सञ्चालन गर्न दिइनेछ । सेकेन्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनिस श्रेष्ठको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।


यसैबीच, नगरप्रमुख पौडेल नेतृत्वको टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास अनुगमन गर्दा सुधार गर्नुपर्ने पक्षमा आवश्यक सुझाव दिइयो । अनुगमनका क्रममा सुधार गर्नुपर्ने पक्ष उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर अघि बढ्न भनिएको नगरप्रमुख पौडेलले बताउनुभयो । पाँच बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई होस्टलमा राख्न नपाईने नियम समेत ल्याएको बताए । 
अनुगमनमा उपमहानगरकी उपप्रमुख संगिता चौधरी ,प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता,शिक्षा शाखाका फाल्गुनी काफ्ले लगायतका टोलीले विद्यालयहरुमा अनुगमन गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित