विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४४ रूपैयाँ बढी

काठमाडौ ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार  भारतीय रूपैयाँ  एक सयको खरिद  दर १६०रूपैयाँ  रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।   

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ। युरो एकको  खरिददर १४४  रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसा कायम गरेको छ ।  

हिजो अमेरिकी डलर एकको खरिद दर १३२।०९ रुपैयाँ तथा  बिक्री दर १३२।६९ रुपैयाँ रहेको थियो, त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।५५ रुपैयाँमा कारोबार भएको थियो ।    

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ५५ पैसा र बिक्री दर १६९ रूपैयाँ ३१ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८।५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।९६ रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ । जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरिया १००  को खरिदमा १० रूपैयाँ  १ पैसा र  बिक्रीदर   १० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।३० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८।२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३५ रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ । ।

प्रतिक्रिया

सम्बन्धित