भोजपुरमा मृग ठानेर भरुवा बन्दुकले हान्दा एकको मृत्यु

भोजपुर  । भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर स्थानीय १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 


घटनामा सम्लग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । घटना असार २२ गते रातीको भएपनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गतराती उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


‘घटना २२ गते रातीको भन्ने बुझिएको छ’ प्रमुख थापाले भने,‘साथी मेरपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको सबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।’ मृतकका आफ्नतले असार २४ गते  खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिए लगतै आरोपीहरुलाई पक्राउ गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित