सलकपुरमा दाेस्रो आयोजनाको खानेपानी ट्याङ्की उदघाटन

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिकाे दोश्रो आयोजनाको पानी ट्याङ्की उदघाटन भएको छ ।

४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की संघीय सांसद डा. शुनिलकुमार शर्माको बाहुलीबाट उदघाटन भएको हो । सङ्घिय सरकारको ३ करोड १४ लाख बराबरको अनुदान सहयोगमा निर्मित ट्याङ्की र पाईपलाईन बिस्तारले यो क्षेत्रको पानीको मागलाई धान्ने विश्वास गरिएको छ।

कार्यक्रममा संस्थापक अध्यक्ष लोकप्रसाद सङ्ग्रौला सहित ३ जनालाई सम्मान गरिएको थियो । उदघाटनसँगै संस्थाको १६औँ वार्षिक साधारणसभा डाकिएको भए पनि हलबाट विधान संसोधनको माग आएको तथा गणपुरक संख्या समेत पुग्न नसकेकोले तीन महिना भित्र पुनः साधारणसभा बोलाउने गरी साधारणसभा कार्यक्रम स्थगित भएको वडाअध्यक्ष खेम न्याैपानेले जानकारी दिए ।

पहिलो परियोजनाले सलकपुरको सुख्खा क्षेत्र तथा आसपासका बस्तीहरूमा निरन्तर खानेपानीको सेवा प्रदान गरिरहेको सलकपुर खानेपानीका अध्यक्ष गजेन्द्र भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित