मोरङका छुट्टाछुट्टै दुई स्थानमा दुर्घटना हुँदा तीनको मृत्यु, १ गम्भिर घाईते

बेलबारी । मोरङको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती ८ बजे मोरङको लेटाङ नगरपालिका–३ भित्री सडक खण्डमा प्रदेश न।१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश न।१–०२–००३ ह १३१२ नम्बरको अटोलाई ठक्कर दिदा घाईते भएका अटो चालक कानेपोखरी गाउँपालिका–६ का ३५ बर्षीय सागर तामाङको मदान भण्डारी ट्रमासेन्टर मंगलबारेमा र अटोमा सवार कानेपोखरी–८ की ८ बर्षीया रोशनी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने ३३ बर्षीय टिका आले मगरको न्युरो अस्पातलमा उपचार भईरेहको छ ।

त्यसै गरी कानेपोखरी गाउँपालिका–७ रंगेली सडक खण्डमा प्रदेश २–०१–००३ प ४९३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाईकल चालक सिराहा लाहानका २५ बर्षीय सन्तोष भुजेलको ट्रमासेन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो भने पछाडी सवार ३० बर्षीय बिरेन्द्र मगरको नोबेल अस्पाताल बिराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने बोलेरो पिकअप गाडी र चालक लेटाङका ४१ बर्षीय सन्तोष घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित