पदम गुरुङलाई न्याय दिलाउन एसडीएफकाे माग

गान्तोक। एसडीएफ पार्टीका विद्यार्थी संगठनले बिध्यार्थी नेता पदम गुरुङको मृत्युको निष्पक्ष र विस्तृत छानबीनकाे माग गरेकाे छ । संगठनले सिक्किम सरकारी कलेज, नाम्चीका दिवंगत एसआरसी अध्यक्षलाई न्याय दिलाउने आफ्नो माग गरेकाे हाे ।

पार्टी मुख्य कार्यालय इन्दिरा बाइपासमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी मोर्चाका प्रभारी (दक्षिण) उर्वशी खालिङ र महासचिव अजित बस्नेतले एसआईटीले गरेको अनुसन्धानमा मोर्चालाई पूर्ण विश्वास रहेको तर सोही क्रममा उक्त घटना भएको १२ दिन बितिसक्दा पनि मामिला कुनै ठोस निष्कर्षमा पुग्न नसकेकोमा आश्चर्य व्यक्त गरे।

एसडीएफ विद्यार्थी मोर्चाले पदमको जीवनमा खतरा भएको थाहा पाएर पनि कलेजका प्रधानाचार्यले कारबाही नगरेकोमा कड़ा आलोचना गर्दै कलेजका प्रधानाचार्यले आफ्नो कर्तव्य पूरा गर्न असफल भएकोमा शिक्षा विभागले ठोस निर्णय लिन आवश्यक रहेको फ्रण्टले माग गरेको द रिपब्लिक इन्डियन डटकमले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित