बिराटचाेकमा मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते

बिराटचाेक । मोरङको सुन्दरहरैंचा स्थित स्वाद हाेटल अगाडी नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक जना घाइते बनेका छन् भने ठक्कर पछि मोटरसाइकल पल्टिदा पछाडि सवार ब्यक्ती पनि घाइते भएका छन् । 

माइक्रोबाट बिराटचाैक अाेर्लन साथ तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा मोरङ बिराटचाैक बेलेपुरका ४५ वर्षीय दीपक मगर घाइते भएका हुन भने मोटरसाइकलकै पछाडि सवार प्रतिमान लिम्बु पनि घाइते भएका छन् । 

दुवेकाे सुकुना सामुदायिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक केराबारी निवासी राजन लिम्बु भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित